विरोधीलाई ढुङ्गा हान्न प्रधानमन्त्रीको निर्देशनः इँटको जवाफ पथ्थरले दिनोस

विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगर पुगेर फेरी उत्ताउलो र भड्किलो भाषण गरेका छन्। उनले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिए।

मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा दाहालले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु मुल पार्टी हुने विडम्बना देखिएको गुनासो पनि गरे।

दाहालले सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको बताए। ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ उनले भने।

जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको बताएका उनले सामाजिक सञ्चालमा गर्नेहरु चाहिँ राजनीतिज्ञ जस्तो देखिएको बताए।

‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु’ उनले भने–‘जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’ उनले यसो भनेर नयाँ पार्टीलाई संकेत गरे।

उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैप¥यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट