१३ वर्षिया बालिका विद्यार्थी बलात्कार आरोपमा सप्तरीका एक शिक्षक पक्राउ

ताप्लेजुङ– १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङबाट सप्तरीका एक जना शिक्षकलाई पक्राउ गरेको छ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो। साह सप्तरीको महादेव गाउँपालिका–२ वासिन्दा हुन।

साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको जनाईएको छ। शिक्षक साहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा भदौ २८ गते साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको ताप्लेजुङका डीएसपी राजन लिम्बूले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट