यसरी पत्ता लाग्यो मलंगवामा हिन्दु मुस्लिम द्वन्द्वको कारण, उच्च निगरानीमा छन् धेरै ब्यक्ति

जनकपुर- हिन्दु मुस्लिम द्वन्द्वका कारण सर्लाही सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिश्चितकालीन कर्फ्यु चौथो दिन पनि जारी छ।

धर्मका नाममा सद्भाव विथोल्ने क्रियाकलाप हुन थालेपछि गत विहिवार रातीदेखि नै मलंगवामा कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्युका कारण मलंगवा क्षेत्रको जनजीवन प्रभावित भएको छ। बिहीबार साँझदेखि नै यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज बन्द छन्। सीडीओ इन्द्रदेव यादवका अनुसार यस क्षेत्रको सुरक्षा सम्बेदनशीलता अझै वढेको छ। अहिले नै कर्फ्यु हटाउने अवस्था नभएको उनले वताए।

बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा– ३ मा दुई समूहबीच झडप भएको थियो। झडपमा ८ जना घाईते भएका थिए। त्यसमध्ये छुरा प्रहारबाट घाईते भएका एक जनाको अवस्था गम्भिर छ।

प्रदर्शनका क्रममा कतिपय घरम आगजनी समेत गरिएको थियो। त्यस लगत्तै प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो। विवाद समाधानका गरिएको प्रयास समेत सफल हुन सकेको छैन। शुक्रबार सीडीओ कार्यालयमा सर्वपक्षिय बैठक बसेको थियो। उक्त बैठकले धार्मिक समूहको नाममा मलंगवामा साम्प्रदायिक सद्भाव विथोल्ने ढंगले भइरहेका गतिविधिविरुद्ध कडा रुपमा प्रस्तुत हुन स्थानीय प्रशासनलाई अनुमति दिएको छ।

बैठकले मलंगवा क्षेत्रका सबै मूर्तिहरु ठाउँमा राखेर विसर्जन गर्ने, घटनाका दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वको पहिचान गरी पक्राउ गर्ने, घटनामा संलग्नहरुको शुक्ष्म ढंगले पहिचान गरी उनीहरुबाटै मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने लगायतका निर्णय गरेको थियो।

प्रशासनका अनुसार मलंगवामा नियोजित रुपमा सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास भईरहेको छ। सानातिना कुरामा आगजनी र तोडफोड गर्ने, फरक धार्मिक समूहविरुद्ध गाली बेइजती र आक्रमण गर्न उनीहरु परिचालित भएको प्रशासनको वुझाई छ।

त्यस्ता ब्यक्तिलाई निगरानीमा राखिएको र केहीलाई कार्यालयमा बोलाएर सोधपुछ पनि गरिरहेको सीडीओ यादवले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट