प्रभु साहकी पत्नि रिनाकुमारीको मेयर पद कसरी गयो, निर्वाचन आयोगले जारी गर्यो सूचना

राजविराज– रौतहटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रभु साही पत्नि रिनाकुमारी साह मेयर पदबाट बर्खास्त भएकी छिन्।
रौतहटको मौलापुर नगरपालिकाकाकी मेयर रहेकी साहलाई मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै बर्खास्त गरेको हो।
०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छोडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी हुन् ।
एउटा पार्टीबाट निर्वाचित भएकी साह अर्को पार्टीमा गएको भन्दै उजुरी परेपछि उनको मेयर पद गएको हो।
प्रतिक्रिया