स्वास्थ्यमा सुधार भएपछि गृहमन्त्री श्रेष्ठलाई जनरल वार्डमा सारियो

काठमाडौं– स्वास्थ्यमा सामान्य सुधार भएपनि चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। वार्डमा कतिदिन बस्नुपर्ने भन्ने विषय भने चिकित्सकले भनेका छैनन्।

बुधबार राति हर्टअट्याक भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो। उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।

श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको छ। गृहमन्त्री श्रेष्ठले बिहीबार बिहान चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम थियो। तर, राति नै हर्टअट्याक भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।

श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्। सम्मेलनमा सहभागी भएर उनी आज (शुक्रबार) नेपाल फर्किने कार्यक्रम थियो। बिरामी परेपछि उनको स्वदेश फिर्ताको समय अनिश्चित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट