पेस्तोलसहित जनकपुरबाट भारतीय किशोरी पक्राउ

राजविराज– जनकपुरमा मंगलबार राती एक भारतीय किशोरी पेस्तोलसहित पक्राउ परेकी छिन्। भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी– ९ का पप्पु सहनीकी छोरी १६ वर्षीया पूजाकुमारी सहनीलाई प्रहरीले पक्राउ गरेको हो।
जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट पूजालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। रेल्वे सुरक्षा बेस जनकपुरको सशस्त्र प्रहरी टोलीले हतियारका बारेमा सूचनाको पाएको थियो।
सोही आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया