नेपाली सेनाको उजुरीपछि सामाजिक अभियन्ता डिल्लीराम खनाल पक्राउ

काठमाडौं– नेपाली सेनाका विषयमा दिएको अभिब्यक्तिका कारण सामाजिक अभियन्ता डिल्लीराम खनाल पक्राउ परेका छन्।
सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ।
खनाल यसअघि फागुन ०७९ मा पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो।
युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।
माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।
प्रतिक्रिया