तिघ्रामा गोली हानेर गोठाटारबाट लागूऔषध कारोबारी पक्राउ
काठमाडौं– लागूऔषध कारोबारी एक भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरी बुधबार काठमाण्डौको गोठाटारमा गोली चलाएको छ।
प्रहरीको गोली भारतीय नागरिक मोहमद करिमको दाहिने तीघ्रामा लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ।
उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। पक्राउ गर्न खोज्दा करिमले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको उनले वताए।
यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो।
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
संघीयता खारेज गर्ने प्रश्ताव गरेपछि जेनजी समुहमा एक्लिँदै मिराज ढुङ्गाना, अन्य सहभागिले भने– यो आन्दोलनको माग होईन
ताजा अपडेट
जाँचबुझ आयोगका सदस्यलाई सुदुरपश्चिमका पूर्वमुख्यमन्त्रीले ‘अपराधी’ भन्दै थर्काएर पठाए, कार्यक्रममा भाँडभैलो
