किशोरीको बलात्कारपछि हत्या प्रकरणमा मौलाना पक्राउ परेपछि मदरसाको अनुमति खारेज

काठमाडौं– १७ कात्तिकको विहान गुल्मीको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अबस्थामा मृत फेला परेकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गरेको घट्नामा मुस्लिम समुदायको धार्मिक विद्यालय (मदरसा) का मौलाना (शिक्षक) पक्राउ परेका छन्। शिक्षक पक्राउ परेपछि गाउँपालिकाले मदरसाको अनुमति नै खारेज गरेको छ।

गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द गराएको हो। नग्न अवस्थामा किशोरीको शव फेला परेपछि उनको हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका– ७ घर भई ५ महिनादेखि गुल्सने मदिना मदरसामा शिक्षकको रुपमा काम गर्दै आएका २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको थियो।

किशोरीको बलात्कार र हत्या आरोपमा शिक्षक पक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै अनुमति रद्द गर्न सोमबार गाउँपालिकालाई पत्र लेखेको थियो। सोही पत्रका आधारमा मदरसा सञ्चालन अनुमति रद्द गरेको गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले बताए।

चन्द्रकोटमा मुस्लिम समुदायको बसोबास छ। यहाँ दैनिक सामूहिक नमाज पढ्न सहज होस् भनेर चार वर्षअघि मदरसा सञ्चालन गरिएको थियो। ल्याइएको थियो। मदरसामा पाका उमेरका मुस्लिम व्यक्तिहरू हरेक हप्ता शुक्रबार जम्मा हुने गरेका थिए भने १६/१७ जना बालबालिकाहरू दैनिक रुपमा सामूहिक नमाज पढ्थे।

कक्षा ९ मा पढ्ने किशोरी १६ कात्तिकमा परिवारसँग खेतमा धान काट्न गएकी थिईन। खेतालाले उनलाई सुर्ती किन्न पठाएका थिए। तर, उनी सुर्ती किनेर खेतमा फर्केर गईनन्। घरमा पनि उनी नभेटिएपछि परिवारका सदस्यले खोजतलास गरे। रातभरी नभेटिएपछि भोलीपल्ट प्रहरीलाई जानकारी दिइएको थियो।

त्यही बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्। किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ति किनेर फर्किदै गरेकी मनिषालाई प्रलोभनमा पारी एकान्तमा लगेर बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरी खोलामा लगेर फ्यालेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

मृतककी आमा धनमाया साकीको किटानी जाहरीका आधारमा रहिस खाँ पक्राउ परेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट