मुगुको सामूहिक हत्या प्रकरणमा मृतकका आफन्त नै पक्राउ, के हो हत्याको कारण ?
काठमाडौं– मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतककै आफन्त पक्राउ परेका छन्। घट्ना भएको १३ दिनपछि विहिवार प्रहरीले मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरेको हो।
संलग्नलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले अभियुक्त र घटनाको विषयमा अनुसन्धानबाट खुलेका तथ्यहरू पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बताए।
घटनामा गोरखबहादुरसँगै थप ब्यक्ति पनि संलग्न रहेको अनुमान छ। १० कात्तिकको बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, ७ वर्षकी छोरी अप्सरा र ५ महिने छोरा रहरको शव भेटिएको थियो।
८ कात्तिकको राति श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर अचेत बनाई हत्या गरेको र त्यसपछि तीन जना छोराछोरीको पनि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।
घटना भएको पर्सिपल्ट अर्थात (१० कात्तिक) बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए।
घटना अनुसन्धानका लागि डिएसपी थापा नेतृत्वको टोली, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा टोली खटिएको थियो।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत घट्नाको अनुशन्धानका क्रममा मुगु पुगेका थिए। पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्मराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।
सम्बन्धित खबर
- मुगु हत्या प्रकरणः अनुशन्धान भईरहेकै बेला श्रीदेवीको मोवाईल एक्टिभ, श्रीमानलाई पठाईयो शवको फोटो
- मुगुको सामुहिक हत्या प्रकरणमा ट्वीस्टः श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरेको खुल्यो
- ४ जनाको सामुहिक हत्याकाण्डः ६ दिनसम्म प्रहरी अन्यौलमै, अनुशन्धानले रिजल्ट दिएन
- मुगु हत्या प्रकरणः अनुशन्धान भईरहेकै बेला श्रीदेवीको मोवाईल एक्टिभ, श्रीमानलाई पठाईयो शवको फोटो
- मुगुको सामुहिक हत्या प्रकरणमा ट्वीस्टः श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरेको खुल्यो
- श्रीमती र नावालक छोराछोरीको हत्याले घरै अन्धकार भएपछि कतारबाट आईपुगे दीपक
- श्रीमान पैसा कमाउन कतारमा, दसैंको बेला श्रीमती र तीन छोराछोरीको हत्या भयो आफ्नै कोठामा