मुगु सामुहिक हत्याकाण्डः मामाका छोराकै योजनामा श्रीदेवीसहित चारै जनाको हत्या

काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिका–६, मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका तीन सन्तानको हत्या उनकै मामाका छोरा २६ वर्षिय गोपाल बोहराको योजनामा भएको खुलेको छ।
प्रहरीले मुगु पिना गाउँपालिका ७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई हत्या आरोपमा पक्राउ गरेको छ। गोरखबहादुर पनि नातेदार नै हुन्। गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार गाउँमा सम्पत्तिको हिसाबले श्रीदेवीको परिवार अरूभन्दा धनीर श्रीमान दीपकले कतारमा महिनामै लगभग डेढ लाख जति कमाउने भएकाले लुटपाटको हिसावले हत्या गरेको खुलेको छ।
उनीहरूले पहिलोपटक गत जेठमै हत्या गर्ने योजना बनाएका थिए। तर त्यति बेला श्रीदेवी गर्भवती थिएकाले हत्या नगरेको उनीहरुले बयान दिएका छन्। त्यसपछि गत असोजमा एकदिन भेटेर उनीहरूले फेरि हत्या गर्ने योजना बनाए। कात्तिकमा दसैंपछि हत्या गर्ने योजना बनाए अनुसार नै घट्ना घटाईएको पाईएको छ।
योजनाअनुसार नै दसैंमा टीका थापेर फर्किएकी श्रीदेवी र तीन सन्तानलाई उनीहरूले पछ्याएका थिए। श्रीदेवी घर पुगेपछि गोपाल र गोरखबहादुरले भित्र पसेर चारै जनाको वीभत्स हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि गोरखबहादुरले श्रीदेवीको मोबाइल फोन र करिव २ तोलाको कानका गहना लिए। हत्यापछि उनीहरूले घरमा ताला लगाएर हिँडे।
घटना बाहिरिइसक्दा पनि गोपाल त्यहीँ वरिपरि नै देखिएका थिए। कोहलपुरका गोरखबहादुर भने भागिसकेका थिए। श्रीदेवीको फोन उनकै साथमा थियो। त्यही फोनबाट उनले कतारमा रहेका दीपकलाई घटनास्थलका तस्बिरहरूसमेत पठाए।
आफ्नो परिवार नै सखाप हुने गरी घटना भएको थाहा पाएपछि दीपक नेपाल फर्किएका छन्। उनी मानसिक रूपमा विक्षिप्त छन्।
सम्बन्धित खबर
- मुगुको सामूहिक हत्या प्रकरणमा मृतकका आफन्त नै पक्राउ, के हो हत्याको कारण ?
- मुगु हत्या प्रकरणः अनुशन्धान भईरहेकै बेला श्रीदेवीको मोवाईल एक्टिभ, श्रीमानलाई पठाईयो शवको फोटो
- मुगुको सामुहिक हत्या प्रकरणमा ट्वीस्टः श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरेको खुल्यो
- ४ जनाको सामुहिक हत्याकाण्डः ६ दिनसम्म प्रहरी अन्यौलमै, अनुशन्धानले रिजल्ट दिएन
- मुगु हत्या प्रकरणः अनुशन्धान भईरहेकै बेला श्रीदेवीको मोवाईल एक्टिभ, श्रीमानलाई पठाईयो शवको फोटो
- मुगुको सामुहिक हत्या प्रकरणमा ट्वीस्टः श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरेको खुल्यो
- श्रीमती र नावालक छोराछोरीको हत्याले घरै अन्धकार भएपछि कतारबाट आईपुगे दीपक
- श्रीमान पैसा कमाउन कतारमा, दसैंको बेला श्रीमती र तीन छोराछोरीको हत्या भयो आफ्नै कोठामा