लिटरमै ७ रुपैयाँ घटेर आयो डिजलको मुल्य, घटाउने कुरै गर्दैन आयल निगम

काठमाडौं– भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजलको मुल्य लिटरमै ७ रुपैयाँ घटाएर पठाएपनि नेपालमा भने ज्युँका त्यूँ छ। नयाँ सूचि आएको ४/५ दिनसम्म पनि निगमले इन्धनको मुल्यका विषयमा ‘चुँ’ सम्म बोलेको छैन।

भारतीय आयल कर्पोरेसनले २९ कात्तिकमा नयाँ मूल्य सूची पठाएको थियो। डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ।

नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ। खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ।

भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मूल्य निर्धारण गर्छ। तर यसपटक त्यसो भएन।

५ दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट