आफुलाई हनि ट्रयापमा पारेको पूर्वएआईजी रणबहादुर चन्दको खुलासा

काठमाडौं– स्वघोषित अभियान्ता तारा बरालसँग विवाह गर्ने सहमतिको कागज गरेर चर्चामा आएका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दको फेरी चर्चा सुरु भएको छ।

यस पटकको चर्चा भने उनको फेसवुक स्ट्याटसका कारण सुरु भएको हो। उनले आफू ‘हनी ट्रयाप’ मा परेको खुलासा गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले एक घण्टाभित्र हनी ट्रयापरको नाम समेत सार्वजनिक गर्ने बताएका छन्।

उनको स्ट्याटस मंगलबार बिहान १०ः२ मा आएको हो। ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु।’ उनले लेखेका छन्। त्यसपछि उनले २ः१३ मा अर्को स्टाटस लेख्दै ‘त्यो हनी ट्रयापर हो। एक घण्टामा नाम सार्वजनिक गर्दैछु।’ भनेका छन्।

केही दिनअघि उनले तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए। सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए।

त्यससँगै बरालले पनि चन्दले दुई जनाबीच भएको सहमति तोडेको आरोप लगाएकी थिइन्। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।

सम्बन्धित खबर

सडकमा दौडदा दौडदै अभियान्ता तारा बरालको पूर्वएआइजी चन्दसँग विवाह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट