रक्सी खाएर कुटाकुट गर्दा श्रीमतीको मृत्यु, श्रीमानले गरे आत्महत्या

भद्रपुर (झापा)– झापामा रक्सीको नसामा एक ब्यक्तिले श्रीमतीको हत्या गरी आफुले समेत आत्महत्या गरेका छन्।
भद्रपुर नगरपालिका–१, पृथ्वीनगरका ३६ वर्षीय सुवास लिम्बूले श्रीमती जुनिता लिम्बूको हत्या गरी आफुले झण्डिएर आत्महत्या गरेका हुन।
श्रीमानश्रीमतबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासले समेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार आज बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई गरेका थिए। स्थानीयका अनुसार उनीहरु दिनहुँ मादक पदार्थ सेवन गरेर झगडा गर्ने गरेका थिए।
बुधबार राती पनि उनीहरुको कुटाकुट भएको र श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको डीएसपी रिजालले बताए।
उनका अनुसार श्रीमान–श्रीमती दुवैले मादक पदार्थ सेवन गर्ने गरेका थिए। उनीहरुका तीन छोराछोरी छन्।