पूर्वमिस नेपाल शृंखला खतिवडाः सिसन बानियाँसँग अफेयरदेखि सम्भव सिरोहीयासँग विवाहसम्म

काठमाडौं– मिस नेपाल–२०१८ शृंखला खतिवडा मंसिर २८ गते विवाह बन्धनमा बाँधिन लागेकी छिन्। उनले र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग विवाह गर्न लागेकी हुन।

असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्। शृंखलाका बुवा एवम नेकपा एसका नेता विरोध खतिवडाले मंसिर २८ गते विवाहको लगन जुरेको बताए।

शृंखला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।

सम्भव केही महिनाअघि कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्।

शृंखला मिस नेपाल भएसँगै भ्लगर सिसन बानियाँले उनलाई खूब सहयोग गरे । उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठूलो सहयोग थियो।

पछि सिसन र शृंखलालाई टर्कीको मरुभूमिमा सँगै देखिएपछि दुवैको अफेयरको हल्लाले नेपाल हल्लिएको थियो। सिसनलाई व्यंग्य गरेर थुप्रै ट्रोल बने । शृंखलाले अफेयरको हल्लालाई नकार्ने मात्र होइन, उनले एनजीओको कामको सिलसिलामा टर्की पुगेको पनि स्पष्टीकरण दिइन् ।

तर, यतिबेला फेरि अर्को फोटो बाहिरिएको थियो, जहाँ सिसनले शृंखलालाई किस गरिरहेका थिए। फोटो पोखरामा सञ्चालित बेलुन नेपालको हो। सिसनले शृंखलालाई हावामा उडिरहेको बेला किस गरेका थिए । त्यसपछि दुवै दोलखाको कुरीमा स्की खेल्न गएको विषयमा पनि सम्पूर्ण साप्ताहिकले समाचार लेखेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट