रास्वपाको महोत्तरी वैठकका कारण रविका दाजुभाईमा फाटोः विपक्षमा उभिए हरिशरण

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार महोत्तरीमा सम्पन्न वैठकका कारण सभापति रवि लामिछानेका दाजुभाईको सम्बन्ध विग्रिएको छ। दाजुभाईका बीचमा देखिएको तिक्तता सामाजिक सञ्जालमै देखिन थालेको छ।

रास्वपाले पछिल्लो समय ‘मिसन ८४’ भन्दै अभियान चलाईरहेको छ। उनले महोत्तरी वैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा त, देशको अवस्था अनुसार ‘८४’ पर्खेर वस्न नसकिने जिकिर गरेका छन्। उनले मध्यावधी हुनसक्ने भन्दै तयार रहन पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

तर, उनका दाजु हरिशरण लामिछाने नै त्यसको विरोधमा देखिएका छन्। उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् रास्वपालाई चुनौति दिएका छन्।

उनले लेखेका छन्–‘भुत्रा ८४? अहिले काम गर न।’ जानकारहरुका अनुसार हरिशरण रास्वपाको केन्द्रीय सदस्य बन्ने योजनामा लागेका थिए। तर, उनलाई रविले केन्द्रीय सदस्य बनाएनन्। बैठकले धेरै पदमा धेरै व्यक्तिलाई मनोनित गर्दा पनि हरिशरण भने आफ्नै भाईले उपेक्षा गर्दा मनोनित हुँन सक्नन्।

उनले त्यसैको आक्रोस सामाजिक सञ्जालमा ब्यक्त गरेको कतिपय नेता कार्यकर्ताहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट