गन्यापधुरामा ओलीलाई अचानक आयो देउवाको यादः फोनमै सोधे – ‘ठिकै छ नी ?’

राजविराज– झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उतैबाट फोन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हालचाल सोधेका छन्।

सामाजिक सञ्जालमार्फत फोन वार्ताको अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन्।

ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए। देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन्। उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन्।

ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट स्पष्ट आवाजमा गृहजिल्लामा स्वागत छ भनेका छन्। ओलीले ‘थ्यांक्यु’ भन्दै कृतज्ञता ब्यक्त गरेका छन्। ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छन्।

देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन्।

भिडिओ यहाँबाट हेर्नुहोस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट