वैदेशिक रोजगारीका क्रममा सुरु भएको मनमुटावले श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौं– धादिङको धुनीवेशी नगरपालिका–१ डुम्रेचौरकी २० वर्षिया पवित्रा वयलकोटीको हत्या गरेको आरोपमा उनका पति पक्राउ परेका छन्।

प्रहरीले पवित्राका पति २७ वर्षिय रामचन्द्र वयलकोटीलाई १७ मंसिरमा पक्राउ गरेको हो। रामचन्द्रले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरी धैरेनी सामुदायिक वनको बाटोमा शव फालेर रामचन्द्र फरार भएका थिए। प्रहरीले घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा पवित्राको शव फेला पारेको थियो।

पवित्राको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले वताए। शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको उनको ठम्याई छ।

मिश्रका अनुसार रामचन्द्र र पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो। विवाहपछि लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पत्तिबीच त्यतिवेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ। हत्याको कारण पनि त्यही हुन सक्ने एसपी मिश्रको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट