५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा २१ वर्षिय युवक पक्राउ

राजविराज– उदयपुरको बेलका नगरपालिकामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मगरले ती बालिकालाई बुधबार दिउँसो बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो। सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो।

घट्नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट