चक्रबर्ती कलेजका सञ्चालकलाई आफ्नै छोराले हाने खुकुरी, नर्भिकमा उपचार हुँदै

काठमाडौं- काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफनै छोराले खुकुरी प्रहार गरी घाईते बनाएका छन्।

छोरा निरजसहितको समूहले सोमबार राती खुकुरी प्रहार गरी भण्डारीलाई गम्भीर घाइते बनाएका हुन। टाउकोमा गम्भिर चोट लागेका उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न रोक लगाएका थिए। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले रोकेको थियो।

सोही विवाद बढ्दै गएपछि निरजको समुहले देवेन्द्रलाई आक्रमण गरेको थियो। भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।

प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट