धामीको भेसमा १३ वर्षीय बालिकामाथि बलात्कार, ३० वर्षीय मण्डल पक्राउ
वीरगन्ज– धामी बनेर झारफुकको वहानामा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको महागढीमाईबाट एक जनालाई पक्राउ गरेको छ।
१३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ३० वर्षका आकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
बालिका अस्वस्थ भएपछि अभिभावकले उनलाई मण्डलकोमा झारफुक गर्न लगेका थिए। झारफुकको बहानामा बालिकाको बलात्कार भएको प्रहरीमा उजुरी परे लगत्तै जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो।
मण्डल बाराको महागढीमाई नगरपालिका–२ मा बसेर केही समयदेखि झारफुकको काम गर्दै आएका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

