रश्मिका मन्दानाको डिपफेक भिडियो बनाउने ब्यक्ति आन्ध्र प्रदेशको गुन्टुरबाट पक्राउ

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियो बनाउने ब्यक्ति समातिएका छन्।
डिपफेक भिडियो बनाउने आन्ध्र प्रदेशको गुन्टुरका २३/२४ वर्षिय नवीन भन्ने ब्यक्ति पक्राउ परेका हुन। उनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरिएको छ। गएको वर्ष नोभेम्बर ६ मा सामाजिक सञ्जालमा रश्मिका जस्तै देखिने एक युवतीको भिडियो भाइरल भएको थियो।
रश्मिकाको भिडियो भाइरल भएपछि दिल्ली प्रहरीले यस विषयमा छानबिन सुरु गरेको थियो। छानविनका क्रममा भिडियो डिपफेक प्रविधिले बनाएको र भिडियोमा देखिएकी युवति रश्मिका नभएर बेलायती इन्फ्लुएन्सर जारा पटेलको शरीरमा रश्मिकाको अनुहार जोडिएको पत्ता लाग्यो।
‘एनिमल’ अभिनेत्री रश्मिकाले आफ्नो नक्कली भिडियो भाइरल बनेपछि प्रविधिको गलत प्रयोगबारे चिन्ता व्यक्त गरेकी थिइन्। रश्मिकापछि आलिया भट्ट, काजोल, कट्रिना कैफ र पूर्व क्रिकेटर सचिन तेन्दुलकरसमेत कयौँ चर्चित हस्तीको डिपफेक भिडियो भाइरल भएको थियो।
प्रहरीका अनुसार रश्मिकाको डिपफेक मामिलामा ५०० भन्दा धेरै सामाजिक सञ्जाल एकाउन्टमाथि छानबिन गरिएको थियो। कयौँ राज्यमा खोजबिनपछि ई नवीन नामक गरेका पुरुषलाई आन्ध्र प्रदेशको गुन्टुरबाट समातेका थिए। नवीन रश्मिकाका फ्यान थिए। उनले अभिनेत्रीलाई हानी पु¥याउन नभएर पैसा र फलोअरको लोभले भिडियो बनाएका थिए।
आरोपीले चेन्नईबाट इलेक्ट्रोनिक्स तथा दूरसञ्चारमा बी टेक गरेका थिए। नवीनले रश्मिकाको साथसाथै साउथका अरू दुई सेलिब्रेटीको फ्यान पेज चलाउँछन्। मनिटाइजेशनमार्फत पैसा कमाउन र फलोअर बढाउन उनले युट्युबबाट एडिटिङ सिकेर डिपफेक बनाएका थिए। बलिउडका ठुला स्टारहरूले भिडियो ट्विट गरेर कारबाहीको माग गर्न थालेपछि डराएर नवीनले भिडियो र फ्यान पेज डिलिट गरिदिएका थिए।