राजविराज कारागारमा १० महिनाभित्र ६ कैदी–वन्दीको मृत्यु

राजविराज– सप्तरी सदरमुकाम स्थित राजविराज कारागारमा आईतबार विहान एक युवकले झुण्डिएर आत्महत्या गरे। बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डलको शव शौचालयमा फेला पर्यो।

गम्छाको पासो वनाई झुण्डिएर आत्महत्या गरेका उनी १५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा ११ भदौदेखि पुर्पक्षका लागि कारागारमा बन्दी जिवन विताईरहेका थिए।

उनले किन आत्महत्या गरे भन्दै खुलेको छैन। उसो त यो कारागारमा कैदीवन्दीको मृत्यु नौलो होईन। विगत १० महिनाभित्र यहाँ ६ जना कैदीवन्दीको मृत्यु भईसकेको छ। इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार यसअघि राजविराज कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने वीरेन्द्र कुमार मलाहाको मृत्यु भएको थियो।

१० माघमा उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएका उनी सप्तरी जिल्ला अदालतको फैसला बमोजिम ज्यान मार्ने उद्योग र डाँका कसुरमा २७ पुस ०७७ देखि कारागारमा कैद थिए।

त्यस्तै लागु औषध मुद्दामा सजाय काटिरहेका सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको पनि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा चैत २८ गते मृत्यु भएको थियो।

बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको वैशाख ५ गते मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका साहलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको वैशाख ७ गते राति मृत्यु भएको थियो। राजविराजस्थित अस्पतालबाट रेफर भई कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट पाँच वर्ष कैद सजाय तोकेपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले चैत ११ गते घरबाटै पक्राउ गरेको थियो।

कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको समेत मङ्सिर ५ गते मृत्यु भएको थियो।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा कैदमा रहेका मण्डलको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालले जनाएको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट