परपुरुषसँग लिभिङ टुगेदरमा बसेर पतिसँग फिर्ता भएकी प्रमिलाको यसरी भयो हत्या

काठमाडौं– शनिवार (२७ माघ) साँझ काठमाडौं–९ गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा भएको एक महिलाको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

आईतबार बानेश्वर क्षेत्रबाट पक्राउ परेका दोलखा वैतेश्वर–७ घर भई काठमाडौं बस्दै आएका कुमार श्रेष्ठलाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो। उनले लजमा लगेर रामेछापको लिखु तामाकोशी– ५ घर भएकी प्रमिला दमाईँको हत्या गरेको खुलेको छ।

सोधपुछका क्रममा विवाहेत्तर सम्बन्धका कारण श्रेष्ठले हत्या गरेको खुलेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत १ वर्षअघि चिनजान भएको थियो। उनीहरु दुबै विवाहित हुन्।

उनीहरुको सम्बन्धका बारेमा परिवारले समेत थाहा पाएको खुलेको छ। परिवारले न्यायिक समितिदेखि प्रहरीसम्म लगेर उनीहरुलाई छुटाउन खोजेको थियो। इलाका प्रहरी कार्यालय धोबी रामेछापमा दुबै परिवारलाई झिकाएर छलफल समेत भएको पाइएको छ। छलफलपछि दुबै पक्ष आआफ्नो परिवारसँग बस्ने सहमति भएको थियो।

तर, उनीहरू छुट्टिन सकेनन्। बीचबीचमा लुकीछिपी कुराकानी र भेटघाट गरिरहन्थे। प्रमिला यसबीचमा आफ्ना श्रीमानसँग काठमाडौं बस्न आएको कुमारले थाहा पाए। उनी जेठी छोरीसँग बस्थे। प्रेम सम्बन्ध गहिरिएपछि लिभिङ टुगेदरमा समेत बसेको खुलेको छ।

लोकन्थलीमा एक घरमा उनीहरू लिभिङ टुगेदरमा बसे। पुसमा कामको सिलसिलामा कुमार दोलखा गएपछि प्रमिला फेरी आफ्नै श्रीमानको डेरामा फर्किएकी थिइन्। ४ माघमा कुमार फेरि काठमाडौं फर्किए। काठमाडौं फर्किएको केही समयसम्म उनीहरूबीच सम्बन्ध राम्रो थिएन। तर पछि फेरि गेष्ट हाउसमा उनीहरूको भेट हुन थाल्यो। घटना हुनु दुई दिनअघि अर्थात् २४ माघमा पनि उनीहरु सोही होटलको सोही कोठामा बसेर फर्किएका थिए।

२६ माघमा पनि उनीहरू त्यहाँ पुगे। त्यसदिन भने उनीहरूबीच झगडा पर्यो। विवाह गर्न प्रमिलाले दबाब दिएपछि कुमारले आनाकानी गरे। कुमार कोठाबाट निस्कन खोजे, प्रमिलाले समाईन। त्यही क्रममा उनको कपडा च्यातियो। रिसले कन्चटमा हिर्काउँदा प्रमिलाको टाउको ठोक्कियो। बेहोस भएपछि कुमारले नाइलनको डोरीले प्रमिलाको घाँटीमा कसेर हत्या गरे।

हत्यापछि उनी शुक्रबार राति नै प्रमिलाको फोन लिएर कोठावाट वाहिर निस्किए। होटलको कोठामा बाहिरबाट चावी लगाएर भागेका उनी आइतबार पक्राउ परे। शनिबार साँझ ६ बजेतिर लजको कोठा नम्बर १०८ मा प्रमिलाको शव फेला पर्यो। तर, उनको पहिचान खुलेको थिए।

प्रहरीको कन्ट्रोलमा त्यसको जानकारी दिइएको थियो। प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान सुरु गर्यो। मृतकको अनुहारमा रगत थियो भने घाँटीमा नाइलनको डोरी कस्सिएको थियो। प्रहरीले होटलमा महिलासँग एक जना पुरूष बस्दै आएको भन्ने जानकारी पायो। होटलमा पनि पुरूषकै नाममा उक्त कोठा बुक भएको थियो।

ठेगाना सिन्धुली र नाम सञ्जिब लामा टिपाईएको थियो भने उनले होटलमा टिपाएको नम्बरमा सम्पर्क गर्दा एक जना प्रहरी अधिकृतकै नम्बर रहेको खुल्यो। यसपछि प्रहरीले सिसिटिभी फुटेज लगायतबाट हत्यारको खोजी गरेको थियो।

सुरूमा मृतक महिला रामेछाप घर भई काठमाडौं बानेश्वरमा श्रीमान नस्से दमाईसँग बस्दै आएकी २८ वर्षीया प्रमिला दमाई भएको खुल्यो। उनका एक छोरा छन। नस्सेसँग सोधपुछपछि प्रहरीले कुमार श्रेष्ठबारे पत्ता लगायो। त्यसपछि खोजी गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट