मोरङमा बोक्सी भन्दै महिलालाई दिसा खुवाईयो

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिका–७ की एक ५५ वर्षिया महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाईएको छ।

बिहीबार गाउँमा अष्टम पूजा लगाईएको थियो। पूजामा प्रयोग गरिएको दियो हराएपछि खोजतलास गर्दा स्थानीय ५० वर्षीया पारो माझी उनलाई बोक्सी भएको भन्दै दियो पनि उनैले चारोको वताईन। गाउँकी धामी भएका कारण सवैले उनको विस्वास गरेर कुटपिट सुरु गरे।

यातना मात्र नभई उनलाई मलमुत्र नै खुवाईयो। त्यसपछि पीडित महिला प्रहरीको शरणमा पुगिन। प्रहरीले धामी भनिएकी झाँक्रीलाई पक्राउ गरेको छ। मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालका अनुसार जोखाना हेर्ने वहानामा महिलामाथि कुटपिट गरेको उनीमाथि आरोप छ।

पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन्। लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ। घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट