१० वर्षदेखि ममताविहिन शालिनः बुबा कान्छी ल्याएर काठमाडौ पसे, आमा पाकिस्तानीसँग दुवई

भरतपुर– चितवन रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतनको होस्टेलमा १२ फागुनमा मृत अवस्थामा फेला परेकी शालिन पोखरेलको हत्या या आत्महत्या के हो ? भन्ने विषय शंकाकै गर्भमा छ। यही अन्यौलताले देशब्यापी चिन्ता र चासो पनि वढाएको छ।

कक्षा ८ मा पढ्दै गरेकी १४ वर्षिया शालिनको मृत्यु प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्मले चिन्ता ब्यक्त गरेका छन्। अधिकांशको चिन्ता अनुशन्धान विथोलिएला भन्नेमा छ। शालिन प्रकरण बलात्कारपछि हत्या गरिएकी कन्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको झै नहोस भन्नेमा सवै सचेत देखिएका छन्।

पूर्वप्रधानमन्त्री ओलीले शालिनको मृत्यु प्रकरणले बैचैन बनाएको जनाएका छन्। उनले फेसवुकमा शालिनको फोटोसहित राखेर लेखेका छन्–‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।’

यसैगरी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै घट्नालाई शंकास्पद बताएका छन्। यो घट्नाको निस्पक्ष छानविनका लागि उनले आग्रह गरेका छन्। ‘शंकास्पद अवस्थामा मृत भेटिएकी बालिका शालीन पोखरेलका पिता दीपेन्द्र पोखरेल र माता सगुन अधिकारी (अजिरकोट, गोरखा) लाई प्रत्यक्ष भेटेर कुरा सुन्दा राज्यका अंगहरूले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथा न्याय स्थापित गर्नुपर्ने मलाई पनि अनुभूत भएको छ’ उनले लेखेका छन्–‘सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस!’

चितवन प्रहरीका डीएसपी श्रीराम भण्डारीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको जनाएका छन्। उनले वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने जनाउँदै परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्।

उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ।

उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा–आमा शालिन साढे तीन वर्षकी हुँदैदेखि छुट्टिएको देखिन्छ। त्यसपछिका १० वर्षमा शालिन ८ वर्ष मामाघर र दुई वर्ष होस्टेल बसेकी थिईन।

उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। दुवईमा रहेकी उनी शालिनको मृत्युपछि नेपाल फर्केकी छिन्। बुवा दीपेन्द्र पनि कान्छी श्रीमतीसँग काठमाडौं बसुन्धरामा बसोवास गर्दै आएको खुलेको छ।

परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्। सोही अनुसार प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस–प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल पक्राउ परेका छन्। तर, हालसम्मको अनुशन्धानले भने शालिनको हत्या भएको प्रमाणित हुने कुनै संकेत नदेखिएको प्रहरी स्रोत बताउँछ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट