सप्तरीमा सडक कालोपत्रे गर्दा भ्रष्टाचार गरेको भन्दै ४ जना विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

राजविराज– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित मधुवापुरमा शहरी विकास, राजविराजद्वारा विना टेन्डर कालोपत्रे गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले ४ जना विरुद्ध मुद्दा चलाएको छ।

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय, सव–इन्जिनियर सरोज कुमार यादव र गुन्जा कन्सट्रक्सन खडक नगरपालिका–८ सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मंडलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभत ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण विना टेन्डर भएको, होर्डिङ बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नगरेको भन्दै उनीहरु विरुद्ध उजुरी परेको थियो।

छानविनका क्रममा आरोप पुष्टि हुने आधारहरु फेला परेपछि मुद्दा चलाईएको जनाईएको छ। निर्माण योजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौतासमेतमा हस्ताक्षर गरेको तथा कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको प्रतिवेदन बनाई निर्माण व्यावसायीहरूलाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएको देखिन आएकाले तीन जना कर्मचारी विरुद्ध सोही रकम बराबरको बिगो ,कैद र जरिवाना मागसहित भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

यसैगरी गुन्जा कन्सट्रक्सन सडक–८ सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मंडलले उक्त योजनाको सम्झौता पत्रमा सहीछाप गरी कार्य सुरू गरी निर्माण कार्य सम्पन्न भएको भनी बिल भर्पाइलगायत कागजात पेश गरेको तर शर्त एवं सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्यांकन गरी ३ लाख ३४ हजार बढि भुक्तानी लिने कार्य गरेको अख्तियारको ठहर गर्दै सोही रकम बराबरको बिगो र सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट