रक्सीले मातेर सहकर्मी महिलालाई अंगालो हाल्ने राष्ट्र बैंकका निर्देशक आचार्यको जागिर गयो

काठमाडौं– एक उच्चपदस्थ महिला कर्मचारीलाई पछाडिबाट अँगालो हालेर यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन्। सहकर्मी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्षसहित बैंकले आचार्यलाई बर्खास्त गरेको हो।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको बैंकले कारवाही गरेको निर्णयमा उल्लेख छ।

गत २७ पुसमा बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रमको पहिलो दिन आचार्यले ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए। तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर ती महिला कर्मचारीलाई पछाडिबाट अंगालो हालेका थिए।

मदिराले लठ्ठ भएका आचार्यको यो हर्कतको केही कर्मचारीले भिडिओ समेत बनाए। मदिराले छोडेपछि आचार्यले माफी मागे र ती महिनाले माफी समेत दिएको कतिपय कर्मचारी बताउँछन्। तर, भिडियो धेरै जना कर्मचारीसँग पुगेपछि घट्ना फेरी ब्युतियो।

त्यसपछि आचार्यको दुव्र्यवहारमा पर्ने महिलाले उनलाई कडा कारबाहीको माग राखिन्। तर उनलाई नै बदनाम गर्न आचार्य र उनी निकट कर्मचारीहरू लागेपछि ती महिलाले बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि लिखित उजुरी दिएकी थिइन्।

यो विषय राष्ट्र बैंकभित्र निकै चर्चामा रह्यो। घट्नालाई सहज वनाउन आचार्यलाई उपत्यकाबाहिर सरुवा समेत गरिएको थियो। तर, ती कर्मचारीले सरुवालाई कारवाहीको रुपमा नस्विकारेपछि अहिले आचार्यबाट हटाउने निर्णय भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट