होटल सञ्चालकको छुरा प्रहारबाट २ जनाको मृत्यु

काठमाडौं– ललितपुरमा आईतबार राती दुई समुहको ग्याङ फाईट हुँदा छुरा लागेर २ जनाको मृत्यु भयो। गम्भिर घाईते भएका दुवैलाई उपचारका लागि अस्पताल लगिएपनि उपचार नथाल्दै मृत्यु भएको थियो।

ढोलाहिटीको ‘डि पोपिना खाजाघर’ मा भएको उक्त घटनामा खाजाघर सञ्चालक ३१ वर्षीय विनय राईले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ। चक्कु प्रहारबाट सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो।

पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो। प्रहरीका अनुसार दुई समूहमा पुरानो रिसिइबी देखिएको छ। आईतबार भने पूजनको समूह पहिलेदेखि नै खाजा घरमा मदिरा सेवन गरिरहेको थियो। रोबसको समूह आएपछि विवाद सुरु भयो। रोबसलाई भने करिब १० बजे फोन गरेर बोलाइएको पाईएको छ।

रोबस आएपछि विवादले उग्र रूप लियो। उनले हातपात गर्न खोज्दा खाजाघर सञ्चालक विनयले रोबसलाई चक्कु हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। झगडा छुट्याउन खोज्दा पूजनलाई पनि चक्कु लागेको प्रहरी नियन्त्रणमा रहेकाहरूले बयान दिएका छन्।

प्रहरी नियन्त्रणमा रहेका ९ जना ललितपुर र ३ जना उपत्यकाबाहिरका गरी १२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट