रक्सी खाएर झगडा गर्दा भान्जाको कुटपिटबाट मामाको मृत्यु, भान्जा पक्राउ
चितवन– चितवनमा रक्सी खाएका मामा–भान्जाको विवादले मामाको हत्या भएको छ। हत्या आरोपमा भन्जा पक्राउ परेका छन्।
प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–१ स्थित ज्यानदालामा मंगलबार मदिरा सेवन गरी मामा ४२ वर्षीय चन्द्रबहादुर चेपाङ र भान्जा २३ वर्षीय लोकबहादुर चेपाङ विवाद गरेका थिए।
विवादले उग्र रूप लिँदा दुवै कुटपिटमा उत्रिएपछि भान्जाको कुटाइबाट चन्द्रबहादुर चेपाङको मृत्यु भएको हो। मामाको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका छन्।
प्रहरीका अनुसार, कुटपिटपछि मृतक चन्द्रकी श्रीमतीले दुवैलाई छुट्याएकी थिइन्। घर पुर्याउर सुताएपछि राति करिव ९ वजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
‘इनम सापकोटा बालेनकै बिचौलिया हुन्, उनी झापा–५ मा चुनावी सर्वेक्षणमा परिचालित थिए’ : एमाले नेता सूर्य थापा
प्रधानमन्त्री सचिवालयबाट २८ पत्रकारको सूची प्रहरीलाई, सातजनालाई ‘अन द स्पट’ पक्राउ गर्न निर्देशन दिएको स्रोतको दाबी

