३ जना मिलेर ३१ वर्षीय युवकको छुरा प्रहार गरी हत्या

राजविराज– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३१ वर्षीय युवकको छुरा प्रहार गरी हत्या भएको छ।
वडा नं. ११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति मृत्यु भएको हो। राईको राती करिव सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर बेनु कार्कीका अनुसार राईलाई ३ जना मिलेर छुरा प्रहार गरेका थिए। स्थानीय भीमबहादुर राईको मकैबारीमा उनीमाथि छुरा प्रहार भएको हो।
घट्नामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन भएको जनाईएको छ।
प्रतिक्रिया