इलाममा साढे ३५ हजार मत गणना हुँदा मिलन लिम्बुको घण्टीलाई २ हजार ५७ मात्रै

विराटनगर– इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

३५ हजार ६११ मत गणना हुँदा सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्। खड्का भन्दा नेम्वाङ ५ हजार ३०३ मतान्तरले अगाडि छन्। मुढा चुनाव चिह्नमा ८ हजार ५७० मत आएको छ भने रास्वपाका मिलन लिम्वुले २ हजार ५७ मत पाएका छन्।

गणना सकिएको २४ वटा वडामध्ये १७ वटामा नेकपा एमालेले पहिलो मत पाएको छ। पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ वटा वडामा पहिलो मत पाए भने नेपाली कांग्रेसका डम्बर खड्काले २ वटा वडामा मात्रै पहिलो मत पाए।

इलाम–२ मा ६ वटा स्थानीय तहका ४२ वडा पर्दछन्। फाकफोकथुम गाउँपालिकाका ७ वटा वडामध्ये एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ वटा वडाबाट सबैभन्दा बढी मत पाएका छन्। उनले वडा नम्बर २ मा ५३८, ३ मा ५५८, ४ मा ९१२, ५ मा ७०७, ६ मा ५३४ र ७ मा ६३० भोट ल्याए।

त्यसैगरी चुलाचुली गाउँपालिकाका ६ वटामध्ये चारवटामा सुहाङलाई नै बढी मत आएको छ। उनले चुलाचुली २ मा ७४५, ४ मा ६४४, ५ मा ६३० र ६ मा ८१० मत प्राप्त गरे। माङ्सेबुङमा एमालेले तीनवटा वडामा मात्रै पहिलो मत पायो।

६ वटा वडाहरू मध्ये वडा नम्बर २ मा ५८६, ४ मा ४१६, वडा नम्बर ६ मा ५९० एमालेले पहिलो मत प्राप्त गरेको हो। माई नगरपालिकाको ६, ७ र ८ मध्ये सुहाङले दुईवटा वडामा पहिलो मत पाएका छन्। उनले वडा नम्बर ७ मा ७८६ र ८ मा ६६४ मत प्राप्त गरेका छन्।

अहिले मतगणना सकिएको देउमाई नगरपालिकाको वडा नम्बर १ र २ मा पनि सुहाङले नै पहिलो मत ल्याए। उनले १ मा ८३१ र २ मा ७१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेपछि पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका डकिन्द्रसिंह थेगिमले ५ वटा वडामा पहिलो मत पाए। उनले चुलाचुली १ मा १०३१ र ३ मा ८९३ भोट ल्याए भने माई नगरपालिका ६ मा पनि पहिलो मत ल्याउँदै ५५१ भोट थपे।

माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ३ र ५ मा पनि उनले अरू उम्मेदवारभन्दा बढी मत पाएका छन् भने ३ मा ६५०, ५ मा १०३२ भोट आएको छ। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले जम्मा २ वटा वडामा मात्रै पहिलो मत प्राप्त गरेका छन्। फाकफोकथुमको १ मा ६५७ मत र माङ्सेबुङ १ मा ५३६ मत उनले पाएको पहिलो मत हो।

६९ हजार २८७ खसेको मतमध्ये अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमध्ये सामाजिक सञ्जालमा अत्याधिक प्रचार गरिएका रास्वपाका उम्मेदवार मिलन लिम्वुको प्राप्त मत लज्जास्पद छ।

नेकपा एसका उम्मेदवार जीतबहादुर राईले त झन २९९ भोट पाएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट