उपेन्द्रलाई निकटकाबाटै धोका, नवलकिशोर र रन्जुसमेत अशोक राईको साथमा

राजविराज– जनता समाजवादी पार्टी नेपाल विभाजन हुँदा अध्यक्ष उपेन्द्र यादव निकट मानिएका र जिल्लावासी सांसदहरुले नै उनको साथ छोडेका छन्।
पार्टी विभाजन गरी निर्वाचन आयोगमा पुगेका नेता अशोक राईसँग उनी निकट र जिल्लावासी सांसदहरु नवलकिशोर साह सुडी र रञ्जु झा (ठाकुर) पनि सहभागि छन्। यस वाहेक वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठ पनि अशोक राईको पक्षमा देखिएका छन्।
अहिलेको अवस्था हेर्दा जसपाका १२ संघीय सांसद मध्ये ७ जना अशोक राई र ५ जना उपेन्द्र यादवको पक्षमा खुलेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका घर भएका साह भने संघीय सरकारमा वन तथा वातावरण मन्त्रीसमेत छन्। उनी नेकपा एमालेसहितको सहयोगमा सप्तरी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
वन मन्त्री साह मधेश प्रदेशका ‘फेलियर र भ्रष्टाचार आरोपी’ पूर्वमन्त्रीसमेत हुन। कोरोना कालमा मधेशको सामाजिक विकास मन्त्री रहेका साहमाथि स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, कर्मचारी नियुक्ति र योजना बाँडफाँटमा ठूलो रकम अनियमितता गरेको आरोप छ।
मन्दिर निर्माणमा पनि कमिसनको खेल सुरु गरेपछि १८ असार ०७६ उनी गृहनगरमै सर्वसाधारणबाट लखेटिएका थिए। ०७४ सालमा उनी तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरी क्षेत्र नं १ (ख) मा निर्वाचित भएका थिए।
उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरिरहेकै बेला तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकता भयो। तर, एकता धेरै दिन टिक्न सकेन। तत्कालीन राजपाका नेताले जसपा छाडेर लोसपा गठन गरे। मन्त्रि पदको लोभमा साहले सरकारको नेतृत्व गरेको जसपामै वस्ने निधो गरे। त्यसपछि उनी निरन्तर पदमा छन्।
यता, सांसद रञ्जु ठाकुर नेकपा एमालेबाट छलाङ मारेर जसपामा पुगेकी हुन। नेकपा एमालेको अखिल नेपाल महिला संघमा रहँदा तत्कालिन राष्ट्रपति विद्यादेवी भन्डारी नजिक रहेकी हुनी सोही नाताबाट सांसद हुँदै महिला बालबालिका तथा समाज कल्याण समितिको सभापतिसम्म भएकी थिईन।
निर्वाचन कार्यालयमा पुगेका सांसदहरुले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको दावी गरेका छन्। अध्यक्ष यादवको कार्यशैली ठिक नरहेको र सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर गरेपछि छुट्टै पार्टी दर्ता गर्न निवेदन दिएको उनीहरुको भनाई छ।
यो पनि,