अभियान्ताको खोल ओढेर ब्यापार गर्नेहरुले आफुलाई फसाएको सन्दीप लामिछानेको आरोप

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले अभियान्ताको खोल ओढेर ब्यापार गर्नेहरुले आफुलाई नियोजित रुपमा फसाएको आरोप लगाएका छन्। उनले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित भए ८ वर्षको नभई फाँसीमा चढ्न तयार रहेको जनाएका छन्।
कथित अभियन्ताहरूमाथि आक्रोश ब्यक्त गर्दै उनले भनेका छन्–‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन।’
उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताएका छन्। ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ’ उनले भनेका छन्–‘फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला।’
गौशाल २६ को पक्षमा वकालत गरिरहेका अभियान्ताहरुलाई उनले पुर्वाग्रही भएर लागेको आरोप पनि लगाएका छन्। ‘तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छु। त्यो अनुमान मेरो लागि मात्र होइन, भोली तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्धिर दुर्घटना हुनेछ। लेखी राख्नु भगवानले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।’
तथाकथित महिला सामाजिक अभियान्ताहरु स्वार्थी र अपराधी भएको पनि उनले वताएका छन्। ‘जो बास्तबिक पिडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियान्ताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन।’ उनले भनेका छन्–‘मैले यती लेखिरहदा अब केहिले मलाई पिडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुठा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला।’