अप्राकृतिक मैथुन र श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका गायक रवि ओडद्वारा आत्मसमर्पण
काठमाडौं– श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनी इलाका प्रहरी कार्यालय झलारीमा उपस्थित भएको जनाईएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले रविलाई जिल्ला अदालत उपस्थित गराई अनुशन्धानका लागि ५ दिन दिन हिरासतमा राख्नु अनुमति लिएको वताए।
उनीमाथि वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्। प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गराको थियो।
उनी नेपाल आइडल सिजन २ का विजेता हुन।
प्रतिक्रिया