अभयालाई चर्को पर्यो सन्दीप बारेको टिप्पणीः २४ घण्टा नवित्दै हटाईन फेसबुक स्ट्याटस

काठमाडौं– नेपाली मूलकी भारतीय गायिका अभया सुब्बा वाइजे (रक गायिका) एवम् भ्वाइस अफ नेपालकी पूर्वनिर्णायक अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका समर्थकको तारो बनेकी छिन्। उनलाई सामाजिक सञ्जालमा गाली गर्नेको ओईरो लागेको छ।

सुब्बाले लामिछानेबारे आलोचनात्मक टिप्पणी गरेकी थिईन। युवती बलात्कार अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपबारे उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेखेकी थिइन् ।

जसमा उनले सन्दीपको घुमाउरो आलोचना गर्दै उनलाई समर्थन गर्नेहरूले आफूलाई फेसबुकबाट अनफ्रेन्ड गरे हुने सन्देश दिएकी थिईन। उनले लेखेकी छिन्–‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला। म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भन्ने चाहन्छु ।’

बिहीबार उनले यो पोस्ट गरेपछि उनलाई सामाजिक सञ्जालमा ट्रोलमात्रै गरिएन, गालीको वर्षा नै भएको छ। अभयालाई फेसबुकमा मेन्सन गर्दै केहीले उनको भनाइको आलोचना गरेका छन् भने अधिकांशले अपाच्य र तथानाम शब्दसहित गाली गरिरहेका छन्।

सुब्बाको उक्त पोस्टलाई लिएर केही अभियन्ता र अधिकारकर्मीहरूले समर्थन र प्रशंसा पनि गरेका छन्। तर धेरैजसोले चर्को आलोचना र गाली गरेपछि अभयाले उक्त विवादित पोस्ट हटाइसकेकी छन्। तर, उनले कुनै क्षमायाचना भने गरेकी छैनन्।

थेगिनसक्नु गाली खानु परेपछि अभयाले बिहीबार सन्दीपबारे गरिएको उक्त आलोचनात्मक टिप्पणीसहितको फेसबुक पोस्ट नै डिलिट गरेकी हुन्। तर उनका अन्य पोस्टमा पनि अभद्र र अश्लील गाली दिने क्रम जारी छ। उनको उक्त पोस्टपछि ‘तिमी भारतीय नागरिकलाई नेपालबारे के चासो ?’ जस्ता प्रश्नसहित गाली गरिएको छ।

अमेरिकाले भिसा नदिएका कारण तनावमा रहेका सन्दीपबारे यस्तो टिप्पणी आएपछि उनको समर्थकहरू आक्रोशित भएका हुन। २ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिईसकेका सन्दीपबारे ढिलो गरी अभयाले आफ्नो भनाइ सार्वजनिक गरेकी थिइन्। अदालतले सफाइ दिए पनि उनलाई यौन हिंसामा संलग्न व्यक्तिका रुपमा हेर्नुपर्ने आशयसहित अभयाले फेसबुकमा लेखेपछि सन्दीपका फ्यान तातिएका हुन्।
जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएर ८ वर्ष जेल सजाय पाएका सन्दीप उच्च अदालतबाट निर्दोष ठहर भइसकेका छन् । तर अदालतको निर्णयमा रोष प्रकट गर्दै सन्दीपका फ्यानहरू आफ्नो छेउ नपरेको आशयको चेतावनी पनि अभयाले दिएकी थिइन्।

अभया दार्जिलिङमा जन्मेकी हुन्। मुम्बइमा बसेर पढेकी उनले नेपाल आएर एफएममा आरजेको काम सुरु गरेकी थिइन्। उनले सांगीतिक करिअर भारतमै सुरु गरे पनि खासै सफलता पाइनन्। दुई दशकदेखि उनी संगीतमा सक्रिय छिन्।

उनको अभया एन्ड स्टिम इन्जिन्स नामको ब्यान्ड छ। तर नेपालमा धेरैले उनलाई भ्वाइस अफ नेपालको जज बनेपछि चिनेका हुन्। उनले नेपालमै जन्मेका स्वीस मुलका आर्किटेक्ट केइ वीजेसँग बिहे गरेकी छन्। अभया अतिवादी फेमिनिस्टका रुपमा परिचित छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट