सेवाग्राही युवतीको यौनाङ्ग हेरेको आरोप लागेका डाक्टरलाई काउन्सिलले सफाई दियो

काठमाडौँ– थाइको बोसो हटाउन परामर्शका लागि अस्पताल पुगेकी युवतीको अनुमती नलिई यौनाङ्ग हेरेको आरोप लागेका चिकित्सक जसवन शाक्यलाई मेडिकल काउन्सिलले सफाई दिएको छ।

काउन्सिलको २६ वैशाखको वैठकले शाक्यलाई सफाई दिएको हो। वैठकले विरामी महिलाको उपचार गर्नेक्रममा साथमा महिला स्वास्थ्य सहयोगी नराख्नु त्रुटी भएको तर स्वास्थ्य परीक्षणमा आएकी महिलाको अनुमतिबिना उनको यौनाङ हेर्नु यौन दुर्वयवहार नभएको निस्कर्ष निकालेको छ।

महिलाको स्वास्थ्य परिक्षण गर्दा साथमा महिला स्वास्थ्यकर्मी नराख्नु त्रुटि भएकाले अब आइन्दा यस्तो त्रुटि नगर्न शाक्यलाई कान्सिलले अन्तिम पटक सचेत गराएको छ। शाक्यलाई कारवाहीको माग गर्दै महिलाले १ कात्ति ०८० मा नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएकी थिईन।

शाक्य विरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको यौन दुर्वयवहारको मुद्दा भने विचाराधीन छ। विरामी भनिएकी महिलाका अनुसार ३ असोज ०८० मा सर्जरीको लागि परामर्श र स्वास्थ परीक्षण गराउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेकी थिईन।

परीक्षणको क्रममा डायग्नोस्टिक कक्षमा लगी परीक्षणको विधि, प्रक्रिया तथा आवश्यकता सम्बन्धी जानकारी नगराई डाक्टर शाक्यले अनुमति बिना र महिला कर्मचारी नराखी शारीरिक परीक्षण सुरु गरेको उनको भनाई छ।

शाक्यको व्यवहारले असहज महसुस गरेको र त्यस विषयमा जानकारी गराउँदा समेत शाक्यले बेवास्ता गरी भित्री वस्त्र तानेर हटाउँदै यौनाङ हेर्दै भद्दा टिप्पणी र यौनजन्य दुर्व्यवहार गरेको उनको उजुरीमा उल्लेख थियो। उनले चिकित्सकको नाम दर्ता किताबबाट हटाउने गरी कारबाही गरी पाउँ भन्दै उजुरी गरेकी थिइन्।

के छ काउन्सिलको निस्कर्ष ?
काउन्सिलले चिकित्सक शाक्यले बिरामी जाँच गर्दा महिला स्टाफ नराखेको र बिरामीको गुप्तांगमा पनि हात हालेकोस्वीकार गरेको छ। तर उनको नियत दुर्व्यवहार गर्नु नरहेको भन्दै सफाइ दिएको छ। शाक्यले बयानमा बिरामीको यौनाङ हेरेको तर महिलालाई कुनै किसिमको यौन हिंसाजन्य काम कारबाही नगरेको जिकिर गरेका थिए।

डाक्टर र बिरामीको बयानबाट पनि यौन दुर्व्यवाहर स्थापित हुन नसकेको काउन्सिलको तर्क छ। बिरामीलाई सो अवस्थाले असहज महसुस भयो भन्दा तत्काल कुनै किसिमको प्रतिवाद नगरेको र तत्काल कुनै जानकारी नगराएको समेत काउन्सिलले स्वीकार भने गरेको छ। तर त्यस पश्चातको ओपिडी भिजिटमा चिकित्सकलाई सो विषयवस्तु जानकारी गराएको निर्णयमा उल्लेख छ।

चिकित्सकलाई विषयवस्तुको बारेमा जानकारी गराएपछि चिकित्सकले नियमित रूपमा निजसँग महिला सहकर्मी उपस्थित हुने गरेको, त्यो दिन निज महिला सहकर्मी बिदामा रहेको हुँदा सहकर्मी छुट्न गएकाले त्यसका लागि चिकित्सकले बिरामीसँग माफी मागेकाले समग्र रूपमा चिकित्सकले परीक्षणको क्रममा स्पष्ट देखिने गरी बदनियत राखेको भन्ने कहीँ कतै नदेखिएको काउन्सिलको दाबी छ।

त्यस्तै काउन्सिलको निर्णयमा चिकित्सकले परीक्षणको क्रममा निज बिरामीलाई बाहिरी वस्त्रहरू खोल्न लगाउँदासम्म चिकित्सकबाट कुनै किसिमको आपत्तिजनक व्यवहार भएको भन्ने कुरा कहीँ उल्लेख भएको नदेखिएको उल्लेख गरेको छ।

यसैगरी, भित्री वस्त्र उठाएर हेर्ने क्रम निश्चित कुनै सङ्क्रमण देखिएपश्चात् मात्रै गरिएको भन्ने कुरा चिकित्सक र बिरामी दुवैको बयानबाट पनि स्थापित हुन गएको, बिरामीले भद्दा टिप्पणी गरेको भन्ने विषयवस्तुको हकमा भद्दा टिप्पणीको विषयवस्तु के कसो भनी सोध्दा स्पष्ट कुनै शब्द उल्लेख गर्न नसकेको र चिकित्सकको तर्फबाट बदनियत राखिएको वा निज बिरामीलाई कुनै किसिमको हिंसा गर्ने नियत राखिएको भन्ने कुरा तथ्यगत रूपमा पुष्टि हुन नसकेको काउन्सिलले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट