थाईको बोसो घटाउन गएकी महिलाको कपडा पन्सार गुप्ताङ्ग चिहाउने ग्राण्डीका डा. विरुद्ध अदालतमा उजुरी

काठमाडौं– परामर्शका लागि पुगेकी महिलाको अनुमति नलिई भित्री कपडा हटाएर गुप्ताङ्ग हेरेको आरोप लागेका ग्रान्डी अस्पतालका प्लास्टिक सर्जन डाक्टर जसवन शाक्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी दर्ता भएको छ।

३ असोजमा अस्पतालमा जाँदा डा शाक्यले विना अनुमति संवेदनशील अङ्ग हेरेको भन्दै विदेशबाट आएकी एक महिलाले उजुरी दर्ता गरेकी हुन्। बालिगमाथि यौन दुर्व्यवहार भएको हकमा सिधै अदालतमा उजुरी दिनुपर्ने कानुनी प्रावधान अनुसार महिलाले उजुरी दर्ता गरेकी हुन्।

उजुरीमा डायग्नोस्टिक कक्षमा महिलाको संवेदनशील अङ्ग सम्बन्धी परीक्षण गर्नुपर्ने भएकाले महिला नर्स वा अन्य सहायक कर्मचारी उपस्थित गराउन अनुरोध गर्दा बेवास्ता गरिएको उल्लेख छ।

ति महिला थाइको बोसो घटाउन परामर्शका लागि अस्पताल गएकी थिइन्। तर शाक्यले उनीसँग सोध्दै नसोधी पेन्टी खोल्दै गोप्य अंग हेरेका थिए। शाक्य गोप्य अंग हेरेपछि उनले आफूलाई असहज भएको जानकारी गराइन्। युवतीको दाबी अनुसार आपत्तिपछि पनि शाक्यले उनको बेवास्ता गर्दै भित्री वस्त्र तानेर हटाउँदै उनको गुप्ताङ्ग नियाली भद्दा टिप्पणी गरेका थिए।

उनले यो कुरा उजुरीमा समेत उल्लेख गरेकी छिन्। उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ। शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ।

शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परे पनि काउन्सिलले कुनै निर्णय गरेको छैन। शाक्यले भने अर्को व्यक्ति नराखी, नसोधी संवेदनशील अंगमा छुनु आफूबाट गल्ती भएको स्विकार्दै फंगल्स भएको जस्तो लागेर हेरेको दाबी गरेका छन्। उनले फंगल्स भएको जस्तो लागेर परीक्षण गरेको भन्दै माफी समेत मागेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट