सामाजिक सञ्जालले यसरी नियन्त्रण गर्छ मान्छेको धारणाः मह जोडीले माफी मागे (भीडीओसहित)

राजविराज– नागरिक्ता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा सरकारको आलोचना गरेका महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले अन्ततः माफी मागेका छन्। उनीहरुले सिरोहियालाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका थिए।

उक्त अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन्। उक्त अभिव्यक्ति भुलवश भएको भन्दै उनीहरुले सामाजिक सञ्जालमा भीडिओ अपलोड गरेका छन्।

‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ। त्यही बेला त्योभन्दा गम्भीर विषयमा अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भनेका छन् ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो। हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठले बताएका छन्।

हरिवंशले आफुहरुबाट भएको त्रुटीलाई आफनो मान्छे सम्झेर माफ गरिदिन आग्रह गरेका छन्। ‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो। हामीबाट त्रुटि भयो। त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो। यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनुहोला।’– ’, हरिवंशले भनेका छन्।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडियो सार्वजनिक गरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट