अटो चालकसँगको अफेयरले झुपलीको ज्यान गयो, अनैतिक सम्वन्ध थाहा पाएपछि संगिताको हत्या

काठमाडौं– दाङको घोराही उपमहानगरपालिका–१०, पहेलपारमा २९ वैशाखमा २ महिलाको हत्या भयो। उनीहरुको हत्या आरोपमा रोल्पाको थवाङ घर भएका टेकबहादुर घर्ती पक्राउ परे। उनी भाग्दाभाग्दै घोराही उपमहानगरपालिका–१० सौडिकुलाबाट पक्राउ परेका हुन्।

अटो चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका उनलाई भारत जाने उद्धेश्यले अटो छोडेर भाग्दै गरेको अवस्थामा घटनास्थलबाट करिव दुई किलोमिटर टाढा प्रहरीले पक्राउ गरेको थियो। उनका श्रीमती, ३ छोरी र २ छोरा छन्। ६ वर्षदेखि अटो चलाउँदै आएका उनको गुजाराको स्रोत अर्को छैन।

टेकबहादुरविरुद्ध विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय दाङले जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीविरुद्ध सुर्खेत घर भई घोराहीमा बस्दै आएकी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई घोराहीमै बस्दै आएकी ५० वर्षीया झुपली बुढाको हत्या गरेको आरोप छ।

उनले प्रहरीसँगको वयानमा आरोप स्वीकार पनि गरिसकेका छन्। प्रहरीका अनुसार अटो चलाउने क्रममा झुपलीसँग भएको चिनजान र त्यसपछिको नाजायज सम्बन्धका कारण यो घटना भएको देखिएको छ। झुपली बुढा पहेलपारकी स्थानीय वासिन्दा हुन्। त्यहाँ उनको आफ्नै घर छ। थिए । झुपलीका श्रीमान अमेरिका थिए।

झुपलीसँग टेकवहादुरको १ वर्षअघि भेट भएको थियो। सामान्य चिनजानबाट सुरु भएको उनीहरुको सम्वन्ध यौन सम्पर्कको तहसम्म पुगेको थियो। संगीता सुनार भने झुपलीको घरमा भाडामा बस्दै आएकी महिला हुन।

टेकबहादुरका अनुसार झुपलीसँग घोराही बजारमा पहिलो पटक उनको भेट भएको थियो। त्यही मोबाइल नम्बर आदानप्रदान भयो। फोनमा कुरा हुँदै जाँदा उनका श्रीमान अमेरिका वस्ने कुरा थाहा भयो। त्यसैले मायाँ प्रेमका कुरा हुन थाले। उनले नै शारीरिक सम्पर्कको प्रस्ताव राखिन्। पटकपटक भनेपछि करिव ६ महिनाअघि देखि उनीहरु विच शारीरिक सम्वन्ध सुरु भएको देखिएको छ।

त्यसपछि झुपलीकै घरमा १५ पटक शारीरिक सम्पर्क गरेको उनले बताएका छन्। घटना भएको दिन दिउँसो करिव ४ बजे झुपलीले फोन गरिन। टेकबहादुरले झुपलीलाई डुम्बरगाउँबाट पुरानो घर पहेलपार पुर्याइदिए। त्यहाँ पुगेपछि संगिताको डेरामा वसेर कुखुराको मासु र रक्सी खाए। ३ बोतल रक्सी खाइसकेपछि टेक बहादुर निस्किन खोजे। तर झुपलीले संगीताका श्रीमानलाई रक्सी किन्न पठाइन् र उनलाई जबर्जस्ती राख्न खोजिन्।

‘अटो लिएर घर जानुपर्छ, अब म रक्सी खान्न’ भन्दै टेकबहादुर बाहिर निस्कन खोजे। त्यसपछि आज मेरै घरमा बस्नुपर्छ भनिन्। तर, टेकबहादुरले इन्कार गरेपछि रिसाएकी उनले अपशब्द प्रयोग गर्दै गाली गरिन्। यति मात्रै होईन, अहिलेसम्म भएका सवै घट्ना उल्लेख गरेर बलात्कारको केसमा फसाउने धम्की दिएपछि टेकबहादुरको रक्सीको नसा उत्रियो। बरु रिसको पारो चढेर आयो। उनले प्रहरीसँग भनेका छन्–‘तेरो नाममा किटानी जाहेरी दिई तँलाई नाङ्गेझार बनाउँछु भनेपछि मलाई डर लाग्यो।’

झुपलीले आफू र उनीबीच भएको सम्बन्धका बारेमा संगीतालाई पनि भनेको र आफ्नो नाममा बलात्कारको कसुरमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिन्छु भनेपछि परिवारमा सम्बन्ध राम्रो नहुने भएकाले आफूले सहन नसकी हत्या गरेको उनले बताएका छन्।

त्यसपछि आफूले भान्साकोठामा भएको बन्चरो ल्याएर झुपली र संगीताको हत्या गरेको उनको बयान छ। आफूहरुको सम्बन्धबारे संगीताले थाहा पाएकाले उनको पनि हत्या गर्नु परेको टेकबहादुरले बताएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट