इण्डोनेसियाको माउण्ट इबुमा पाँचौं पटक ज्वालामुखी बिस्फोट

काठमाण्डौं– इण्डोनेसियामा फेरी ज्वालामुखी बिष्फोट भएको छ। हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाइमा पुगेको थियो।

बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो। विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्तरपश्चिममा उत्सर्जन गरेको छ। यो एक हप्ताभित्र ज्वालामुखीको पाँचौँ बिष्फोट हो।

ज्वालामुखीबाट चार किलोमिटर र क्रेटरको उत्तरमा सात किलोमिटर फैलिएको खतरा क्षेत्रबाट बाहिर रहन सल्लाहसहित गतिविधिमा उल्लेख्य वृद्धि भएकोले मे १६ देखि, इबु उच्च सतर्कता स्तरमा रहेको छ।

प्यासिफिक रिङ अफ फायरमा अवस्थित इण्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट