बकर इदमा कुर्वानी दिने विषयमा दोहोरो झडप हुँदा घाईते भएका युवकको मृत्यु

राजविराज– मुस्लिम समुदायको पर्व बकर इदमा कुर्वानी दिने विषयमा भएको दोहोरो झडपमा परी घाईते भएका सप्तरीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

फलामको रडले टाउकोमा लागेर गम्भिर घाईते भएका राजविराज नगरपालिका–४ का ३० बर्षिय मो. औरन्जेव आलमको शुक्रबार विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।

गत ३ असारमा कुर्वानी दिने विषयलाई लिएर दुइपक्षबीच झडप भएको थियो। झडपमा औरन्जेवसहित राजविराज ३ का २८ बर्षिय सज्जाद आलम, २६ बर्षिय तनवीर आलम, वडा नम्बर ४ का २४ बर्षिय तरेज अहमद घाइते भएका थिए।

घाईते अन्यको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ। मृकक आलमका बुवा मो. हविवका अनुसार छिमेकी ४६ बर्षीय मो. नासिर, ३५ बर्षीय मो. इर्साद अहमदलगायत ५÷६ जनाले अन्धाधुन्ध रड प्रहार गरेका थिए।

ति मध्ये मो. नासिर पक्राउ परेका छन् भने अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट