सुनसरीमा नग्न अवस्थामा भेटियो मुस्लिम महिलाको शव, हत्याको आशंका

इटहरी– सुनसरीमा एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ।

इनरुवा नगरपालिका–३ मा भोक्राहा–नरसिंह गाउँपालिका–१ की करिव ४२ वर्षीया सैफूल खातुनको शव फेला परेको हो। उनको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घट्ना शंकास्पद देखिएपछि प्रहरीले अनुशन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगाएको थियो। मृतकको शव पोस्टमार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ।

परिवारको भनाई अनुसार ती महिला ‘मानसिक रोगी’ रहेको पनि खुलेको छ। शुक्रबार दिउँसो स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले महिलाको हत्या भएको आशंका गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट