बेचन झालाई अहिले नै निर्दोश मान्न नसकिने भन्दै अदालतले जेल पठायो

काठमाण्डौं– काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ।
आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
३० साउनदेखि लगातार तीन दिनको थुनछेक बहसपछि झालाई अहिले नै निर्दोष मान्न नसकिने भन्दै अदालतले थुनामा पठाउने आदेश गरेको हो। प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ साउनमा झाविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
पक्राउ परेका अन्य व्यक्तिहरुको बयानका आधारमा बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। झाले नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राज्य संयन्त्र र राजनीतिक नेतृत्व मिलाउन भन्दै २ करोड रुपैयाँको चेक लिएको तर चेक नसाटिएको आरोप छ। झा पक्राउसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिहरुको संलग्नतासमेत खुल्ने दाबी गरिएको थियो।
तर, झाले आफ्नो बयानमा भने कसैलाई पोलेका छैनन्। बरु नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको, कसैसँग लेनदेन नगरेको र उच्च तहका सरकारी कर्मचारी र राजनीतिक नेतृत्वसँग चिनजानसमेत नभएका बयान दिएका छन्।
यो पनि,
- – बेचन झाले नबोलेरै प्रहरीलाई हैरान बनाए, पोलिग्राफ जाँच गर्न नमानेको खुलासा
- – हिरासतमा गीता पाठ गरेर समय विताउँछन् बेचन झा, हल्ला गरे जस्तो प्रमाण नभेटिएपछि हार खाँदै प्रहरी
- – बेचन झा पक्राउ प्रकरणः प्रधानमन्त्री र आईजीपीलाई थाहै नदिई को गयो दिल्ली ?
- – दोहोरो नागरिकता प्रकरणमा पनि तानिए बेचन झा, कस्ले दियो उनलाई नेपाली नागरिक्ता
- – शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका डीआईजीको जिम्मेवारी खोसियो
- – बेचन झा प्रकरणमा को–को तानिँदैछन् अनुशन्धानमा, उनकै कारण सरकार ढलेको सत्य हो ?
- – रोष्ट्रममा झुठो बोलेपछि रविलाई शाहीको दनकः टोपबहादुर पक्राउ पर्दा सरकार ढलेन, को हो बेचन झा ?
- – भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापापछि बेचन झा पनि पक्राउ
- – सरकार ढाल्ने हलचल ल्याएका वेचन झाको बयानः म समाजसेवी हुँ, शरणार्थी प्रकरणमा संलग्नता छैन
- – घर जाने बेलामा एआईजी ज्ञवालीमाथि आपत, कारवाहीमा पर्ने निश्चित
- – आरजुलाई पक्राउ गर्न खोज्दा ज्ञवालीबाट यसरी खोसियो सीआईबी प्रमुखको जिम्मेवारी
- – आरजुलाई पक्राउ गर्न खोज्दा ज्ञवालीबाट यसरी खोसियो सीआईबी प्रमुखको जिम्मेवारी