आरजुलाई पक्राउ गर्न खोज्दा ज्ञवालीबाट यसरी खोसियो सीआईबी प्रमुखको जिम्मेवारी

काठमाण्डौं– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाइएको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख एआईजी दीपक थापा सीआईबी प्रमुख बनाएर ज्ञवालीलाई हटाएको हो। ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको छ।

प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ भने हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्यविभागमा पदस्थापन गरिएको छ।

सीआईबीबाट प्रहरी प्रधान कार्यालय सरुवा गरिएका ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन गरिरहेको छ। पदीय आचरणविपरीत गतिविधि गरेको आरोपमा एआईजी ज्ञवालीमाथि छ।

आईजीपी वसन्त कुँवरको सचिवालय स्रोतका अनुसार ६० किलो सुनमा जोडिएका चलाउनेसँग ज्ञवालीको ‘सम्पर्क’ देखिएको छ। फरार अभियुक्त रहेका चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट डिफ्युजन जारी गरिएको छ। उनीसँग ज्ञवालीको फोन सम्पर्क भएको ‘सीडीआर रेकर्ड’ प्रहरी अधिकारीहरूले नै बाहिर ल्याएका थिए।

चलाउने तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन्। दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई बोलाएर ब्यूरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरेका थिए। चलाउनेविरुद्ध दोस्रो चरणको अनुसन्धानको नेतृत्व ज्ञवालीले गरेका थिए।

सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा तत्कालीन सीआईबीकी एआईजी किरण बज्राचार्यको त्रुटि औँल्याएपछि मन्त्रिपरिषद्ले उनलाई हटाएर ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख बनाएको थियो। ज्ञवाली २ चैतमा सीआईबी प्रमुख भएका हुन्। उनलाई सीआईबी प्रमुख बनाउन तत्कालिन गृहमन्त्री रवि लामिछानेको जोडबल थियो।

लामिछानेकै आदेश कार्यान्वयन गर्न ज्ञवालीले हालकी परराष्ट्रमन्त्री आरजु राणालाई पक्राउ गर्न सीआईबी टोली खटाएको आरोप लागेको थियो। प्रहरीले भने यसको खण्डन गरेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट