अमेरिकामा मारिएकी मुनालाई ओछ्यानमै हानिएको थियो ३ गोली

काठमाण्डौं– अमेरिकाको टेक्सासमा मारिएकी भोजपुरकी मुना पाण्डेलाई उनकै कोठामा गोली हानेको पाईएको छ। उनको शरीरको माथिल्लो भागमा ३ वटा गोली लागेको छ।
मुनाको ओछ्यान भरी कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएको त्यहाँ रहेका नेपालीले जानकारी दिएका छन्।
उनको कोठामा वरामद भएका कतिपय सामानले उनीसँग कोही पुरुष सँगै वस्ने गरेको र उसैले हत्या गरेको हुन सक्ने आशंका छ। कोठाभित्र पुरूषले प्रयोग गर्ने फिटनेसका सामान फेला परेका छन्।
एक मोवाई स्टोरमा काम गर्दै ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत मुना केही समय अमेरिकी युवकसँग डेटिङ्गमा रहेको खुलेको छ। पछिल्लो समय भने उनीहरुको सम्वन्धमा खटपट आएको पनि खुलेको छ।
मोवाईल स्टोरका सञ्चालकका अनुसार उनको हत्या शनिबार नै भएको अनुमान गरिएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगेको छ।
सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी उनी सन् २०२२ को जनवरी देखि करिव १ वर्ष हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुँरामा काम गरेकी थिइन्।
यो पनि,
- – स्वेत अमेरिकनसँग प्रेम सम्वन्धमा खटपट आएको थियो टेक्सासमा मारिएकी मुनाको
- – ममता काफ्लेपछि अमेरिकामा फेरी अर्की नेपाली किशोरीको गोली हानी हत्या
- – ममताको हत्या प्रकरणमा वकिलले खोले नयाँ तथ्य, श्रीमती मरेपछि विवाह र ऋणका बारेमा ४ महिनाअघि नै बुझ्दै थिए नरेश
- – श्रीमती ममताको हत्या प्रकरणमा नरेशले अदालतमा के भने ?, यस्तो छ बयान
- – अमेरिकामा श्रीमती ममताको हत्या गरेको आरोपमा पक्राउ परेका नरेश भट्टको यस्तो छ विगत
- – ममताको हत्यापछि घर बेचेर भाग्ने योजनामा थिए नरेश, मास्टर बेडरुममा भेटियो रगतको आहाल
- – सामाजिक सञ्चालबाट प्रेममा परेकी ममताको विवाहको ४ वर्ष नपुग्दै परदेशमा अवसानः प्रेमी/पति नै हत्यारा
- – अमेरिकामा २४ दिनदेखि वेपत्ता नेपाली नर्सको पतिले नै हत्या गरेको खुलासा, लाश वेपत्ता पारेको मुद्दा दर्ता
- – अमेरिकामा नेपाली नर्स वेपत्ता प्रकरणः २४ दिनपछि पति नरेश भट्ट पक्राउ
- – श्रीमानसँग खटपट भएपछि ११ महिनाकी छोरीसमेत छोडेर नेपाली नर्स अमेरिकामा वेपत्ता