उदयपुरकी किशोरीलाई बलात्कार गरी गोली हानेर हत्या गर्न खोज्ने अभियुक्तलाई पक्राउ गर्न एक हप्ते अल्टिमेटम

विराटनगर– उदयपुरकी १८ वर्षीया एक किशोरीलाई बलात्कार र त्यसपछि हत्या गर्ने योजना बनाएर गोली प्रहार गरी फरार भएका सिरहाको सिरहा सखुवानान्कारकट्टी ५ घर घर भएका ३२ वर्षीय अमितकुमार यादवलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
यादवले अहिले पनि घट्नाका साक्षीहरुलाई फोन गरेर ज्यान मार्ने धम्की दिँदै आएको खुलेको छ। जसका कारण घरपरिवार र आफन्तमा त्रास र आक्रोश वढेको छ। यही आक्रोश हिजो (शुक्रबार) कोशी प्रदेश सभामा पनि देखिएको छ। प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले एक साताभित्र फरार अभियुक्तलाई पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएका छन्।
जानकारी अनुसार यादव उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बाराहास्थित महेन्द्र मावि सिर्वानीमा अंग्रेजी र गणित पढाउने अस्थाई शिक्षक थिए। शिक्षक हुँदा उनले ५ साउन २०७९ मा आफनै विद्यार्थी (पीडित किशोरी) लाई बलात्कार गरे। प्रहरीमा मुद्दा पुगेपछि उनी फरार छन्। तर, उनले किशोरी र उनको परिवारलाई मुद्दा फिर्ता लिन भन्दै डर, क्रास र धम्की दिन थाले। उनको डरले किशोरी विस्थापित भईन।
झापाको दमक नगरपालिका–५ स्थित कमल बुढाथोकी घरमा डेरा बसेर दमक–२ स्थित हिमालय माविो कक्षा १२ मा पढ्दै आएकी विश्वकर्मा थरकी किशोरीलाई उनले फेला पारे। उनले त्यहाँ पुगेर पनि मुद्दा फिर्ता लिन दबाब दिए। तर, किशोरीले नमानेपछि १५ बैसाख २०८१ मा बाटो ढुकेर वसेका यादवले विद्यालयबाट डेरा फर्किदै गरेका वेला विहान करिव ११ बजेको समयमा किशोरीमाथि गोली प्रहार गरे। दमक नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक भवन अगाडि गोली लागेर ढलेकी किशोरीको दमककै लाइफ लाइन अस्पतालमा उपचार भएको थियो।
सांसद विश्वकर्माले शुक्रबार प्रदेश सभा बैठकको शून्य समयमा यही विषय उठाएर अनशन वस्ने चेतावनी दिएका हुन। इलाका प्रहरी कार्यालय दमकले फरार अभियुक्त यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको छ।
तर, अझैसम्म फरार रहेका यादव पक्राउ परेका छैनन्। उदयपुर प्रहरीले बलात्कार कसुरमा मुद्दा दर्ता गराएपनि अदालतबाट फैसला हुन बाँकीनै छ। यसैले अभियुक्त यादवले पीडित बालिका, उनको परिवार र साक्षीहरुलाई ज्यान मार्ने धम्की दिएर अदालतमा ‘होस्टाईल’ भएर मुद्दा रफदफा गराउन दबाब दिँदै आएको सांसद विश्वकर्माको भनाई छ।
यो पनि,
- – बास वसेको घरमा शिक्षकले गरे विद्यार्थीमाथि बलात्कार, उजुरी फिर्ता लिन नमान्दा गोली प्रहार
- – पूर्वशिक्षक विरुद्ध बलात्कारको उजुरी दिँदा गोली खाएकी उदयपुरकी किशोरी अस्पतालमै बन्धक
- – छात्रामाथि गोली हान्ने अमितकुमार प्रेमी हुन की दुराचारी शिक्षक ?
- – छात्रामाथि गोली चलाउने ब्यक्ति उनकै शिक्षक भएको खुलासा, दुर्ब्यवहारको मुद्दा हालेपछि मार्ने प्रयास
- – परीक्षा दिएर फर्कदै गरेकी छात्रालाई गोली हान्ने युवकको पहिचान, सीमा सिल गरेर खोजी हुँदै
- –दमकमा १२ कक्षाको परीक्षा दिएर फर्कदै गरेकी उदयपुरकी किशोरीमाथि गोली प्रहार