फुपाजूले विवाह नस्विकार्दा तनावमा रहेका २२ वर्षीया युवकले ज्यानै फाले, एक्लै परिन एञ्जिला

काठमाण्डौं– चार महिनाअघि विवाह गरेका दाङको तुलसीपुर उपमहानगरपालिका–७ का एक युवकले विवाहका विषयमा आफन्तको किचकिच सहन नसकेर आत्महत्या गरेका छन्।

आफनो विवाहलाई आफन्तले नस्विकार्दा तनावमा रहेका २२ वर्षीय विशाल सुवेदीले तुलसीपुर–५, बसपार्कस्थित न्यू सागर गेष्ट हाउसको कोठामा भित्र झुण्डिएर आत्महत्या गरेका हुन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाका अनुसार विशालकी आमाको मृत्यु भइसकेको छ। बुवाले अर्को विवाह गरेर भारतमा बस्न थालेपछि विशालको अभिभावक फुपाजू विष्णुप्रसाद भट्टराईले निभाउँदै आएका छन्।

यसैक्रममा विशालले गत वैशाखमा घोराहीकी एञ्जिला भण्डारीसँग विवाह गरे। तर, आफन्तले उनीहरुको विवाहलाई स्विकार गरेनन्। खासगरी फुपाजू विष्णुप्रसाद भट्टराईले उनीहरूलाई स्वीकार्न तयार नभएको पाईएको छ।

त्यसैले उनीहरु पनि भारतमा गएर मजुदुरी गर्दै गाउँ आउजाउ गरिरहेका थिए। उनीहरु दाङ आउँदा भने घर बाहिरै बस्थे। पछिल्लो पटक दाङ आउँदा पनि उनीहरु कहिले साथीको घरमा र कहिले होटलमा वसिरहेका थिए। भारतबाट आएको १५ दिनजती भएको थियो।

दुई दिनदेखि भने उनीहरु बस पार्कको गेष्ट हाउसमा वसिरहेको खुलेको छ। यसैक्रममा, बुधबार साँझ करिव साढे ४ बजे एञ्जिला गेष्ट हाउसको बाल्कोनीमा निस्किएको बेला विशालले झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ।

इन्स्पेक्टर थापाका अनुसार श्रीमान र श्रीमतीका बीचमा कुनै खटपट वा झैझगडा भएको खुलेको छैन। विशालको शव पोष्टमार्टमका लागि अस्पतालमा पठाएर एञ्जिलालाई माईतीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट