जापानबाट झिकाएर कारवाही गर्ने तयारी भएपछि प्रधानमन्त्रीलाई मार्न उक्साउने कार्कीले माफी मागे (भीडीओसहित)

काठमाडौँ– प्रधानमन्त्रीको हत्या गर्न उक्साएको अभियोगमा प्रहरीले नेपाल झिकाएर कार्वाही गर्ने तयारी गरेपछि जापानमा रहेका एक युवकले सामाजिक सञ्जालमा आफनो अभिब्यक्ति प्रति माफी मागेका छन्।

विद्यार्थी भिसामा जापान पुगेका भरतपुरका रतन कार्की नामका युवकले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भीडीओ पोष्ट गर्ने आफुले बोलेको बोली गलत भएको भन्दै माफी मागेका छन्।

गत वुधबार दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले उछृंखल अभिव्यक्ति दिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। त्यस दिन उनले प्रधानमन्त्रीविरुद्ध उत्तेजित अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ।

उछृंखल अभिव्यक्ति दिएर समाज नै भड्काउने र अराजकता मच्चाउने काम गरेको भन्दै कार्कीविरुद्ध ब्यूरोले अनुसन्धान अघि बढाएको हो। ‘उहाँको अभिव्यक्तिविरुद्ध हामीले अनुसन्धान अघि बढाएका छौं। यस्ता अभिव्यक्ति दिनेलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्न सक्छौं’, साइबर ब्यूरोका एक अधिकरीले भने।

कार्कीले रंगशाला पुगेका प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउँदै एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। ‘आज गरौं यत्तिचाहिँ गरिहालौं। आज गरिएन भने हामी धेरै पछुताइन्छ। आँटौं साथीहरु आज। तपाईंहरुले गेम हेरिरहनुभएको होला, तर मैले अरु नै केही हेरिरहेको छु। आज हामीले चाहेम भने मार्न सकिन्छ। यत्रो मान्छे छन्, एउटा ग्रुप बनाएर घेर्ने हो भने मार्न सकिन्छ। मारेपछि मारेको मार्यै हुन्छ। आज आँटी हालौं, धेरै टाइम पनि छैन। बूढो गइहाल्छ, उता जान पनि टाइम छैन। बुझ्नु न यत्ति चाँही गरौं के। आज गरिएन भने पछुताइन्छ साथीहरु।’– उनले भनेका थिए।

उनको यो भीडीओ सामाजिक सञ्जालबाट हटाईएको छ। यद्यपी उनको उक्त अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीले जापानस्थित नेपाली दूतावासको समन्वयमा कार्कीमाथि निगरानी बढाएको थियो। त्यसपछि अत्तालिएका उनले भिडियो सार्वजनिक गर्दै नियत गलत नभए पनि ‘मार्छु’ भन्ने शब्द प्रयोग गर्नु गलत भएको भनी माफी मागेका छन्।

कार्कीले खेल हेर्ने क्रममा आक्रोशित भएर त्यस्तो अभिव्यक्ति दिन पुगेको जनाउँदै अन्यथा नलिन आग्रह गरेका छन्। आफ्नो अभिव्यक्तिको तात्पर्य अर्कै रहेको बताएका उनले ‘जिब्रो चिप्लिएको’ रुपमा बुझिदिन अनुरोध गरेका छन्।

‘गेमको दौरानमा फ्रस्टेसनको कारण जिब्रो चिप्लिएको हो। मार्नुपर्छ भन्ने शब्द बोल्न पुगेँ। मेरो तात्पर्य गलत भयो। शैली कमेडी भयो। मार्नुपर्छ भन्दा फ्रस्टेसन पोखिएको हो, अलिकति नेगेटिभ इनर्जी भयो। तर यसलाई कुनै पनि पोलिटिकल व्यक्तिहरुले, कुर्सीमा बस्नुभएका व्यक्तिहरुले मलाई नै प्रहार गर्न खोजेको हो भनेर नबुझिदिनुहोला। मेरो इन्टेन्सन त्यस्तो थिएन। म सबैमा माफी माग्न चाहन्छु।’– उनले भनेका छन्।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोला।

यो पनि,


प्रतिक्रिया

One thought on “जापानबाट झिकाएर कारवाही गर्ने तयारी भएपछि प्रधानमन्त्रीलाई मार्न उक्साउने कार्कीले माफी मागे (भीडीओसहित)

  1. युवा हरुले आफ्नो भावनालाई नियन्त्रण गर्नुपर्छ। सार्बजानिक रुपमै अराजक अभिब्यक्ती दिने यस्ता फटाहालाई नेपाल सम्म ल्याएर उस्कै खर्चमा फेरि जापान पठाईदिए हुन्छ। संसारले live हेरिरहेको match मा हारजित जे भएपनी सम्मान गर्नुपर्नेमा हारले बिचलित भएर देशकै सम्मानित पदप्रती इङ्गित गर्दै त्यस्तो अराजक अभिब्यक्ती दिनु गलत नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट