झापामा गौहत्या आरोपमा २ जोडी दम्पति पक्राउ, अर्काको गाई चोरेर काटेको खुलासा

दमक– झापामा गौहत्या आरोपमा ४ जना पक्राउ परेका छन्। कनकाई नगरपालिका–३ सुरुङ्गा टप्पुको गौ हत्या प्रकरणमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भई झापा कनकाई नगरपालिका–३ बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन पक्राउ परेका हुन।

उनीहरुले कनकाई–३, टप्पुबस्ती पूर्वबाट मंगलबार दुर्गा सिलवालको लैनो गाई चोरी गरी बुधन बसेको घरमा लगेर काटेका थिए। घटना वाहिरिएपछि उनीहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गमा समेत अवरोध गरिएको थियो।

पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा अनुशन्धानका लागि ५ दिनको म्याद लिईएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट